नवनियुक्त कुन मन्त्रीले के प्रतिवद्धता जनाए ?

मुख्य खबर बुधबार माघ ४, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रो पटक विस्तार गरेको मन्त्रिपरिषद्‍मा अधिकांश नयाँ अनुहार समेटिएका छन् । उहाँको २३ सदस्यीय मन्त्रिपरिषद्‍मा ‍१६ जना पहिलो पटक मन्त्री भएका छन् ।

प्रधानमन्त्री प्रचण्डले भाग पुर्‍याउने नाममा ४ जनालाई उपप्रधानमन्त्री बनाउनु भएको छ । तर समावेशितालाई भने ध्यान दिइएको छैन । मन्त्रिपरिषद्‍मा ६ जना महिला समेटिँदा दलित समुदायबाट भने एक जना राज्यमन्त्रीले मात्र स्थान पाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दा थप १२ जनालाई मन्त्री र ३ जनालाई राज्यमन्त्री बनाउनु भएको छ । यसअघि पहिलो चरणमा दाहालले ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । पहिलो चरणमा तीन जना उपप्रधानमन्त्री बनाएका प्रचण्डले दोस्रो चरणमा एक जना गर्नु भएको हो ।

नवनियुक्त उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । पदभार ग्रहण गर्दै पहिलो पटक मन्त्री बनेका मन्त्रीहरुले महत्वकांक्षी योजना सुनाएका छन् ।

सपथपछि पदभार ग्रहण गर्दै उपप्रधानमन्त्री तथा उर्जामन्त्री राजेन्द्र लिंदेनले आफुले यस चुनौतीलाई अवसरमा परिणत गर्ने बताउनुभयो । पाँच वर्षे रणनितिक योजना बनाउन कार्यदल गठन गर्ने उहाँको अठोट छ ।

स्वास्थ्यमन्त्री पदम गिरिले गरिव नागरिककोे स्वास्थ्य उपचारमा राज्यले ग्यारेन्टि लिनुपर्नेमा जोड दिनुभयो । उहाँले स्वास्थ्य क्षेत्रमा ठुलो परिवर्तन ल्याउने तथा नागरिकको स्वास्थ्यमा राज्य रहेको अनुभुति गर्ने स्थानमा पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नेकपा एमालेबाट परराष्ट्रमन्त्री बन्नुभएका विमला राई पौडेलले पदभार ग्रहण गर्दै आफ्ना मुख्य तीन प्राथमिकता यसरी सुनाउनुभयो ।
नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सञ्चार तथा सूचना प्रविधिमा नागरिकको सहज पहुँच पु¥याउनु आफ्नो प्राथमिकता भएको दावी गर्नुभयो ।

वर्षेनी तुइँनबाट खसेर मानिसहरुको मृत्यु हुने क्रम अझै नरोकिएको अवस्थामा राप्रपाबाट सहरी विकास मन्त्री बन्नुभएका विक्रम पाण्डेले पश्चिम नेपालमा रहेका तुइँन विस्थापित गर्न झोलुंगे पुल निर्माण गर्ने बताउनुभयो ।

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्यालले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य सरकारको प्राथमिकता रहेको बताउनुभएको छ । मन्त्रालयको जिम्मेवारी सम्हाल्दै उत्साहित बनेर बोलेका मन्त्रीहरुले आफुले बोलेको कुरा पुरा गर्न निरन्तर कार्यान्वयमा लानुपर्ने आवश्यक छ ।

Leave a Comment