पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

समाज शुक्रबार पुस २२, २०७९

पाल्पा । पाल्पाको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं.८ खुर्सानेमा भएको गएराती बस दुर्घटना हुँदा ६ जनाको ज्य मृत्यु भएको छ । रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर पाल्पाको खुर्साने जाँदै गरेको यात्रुबहाक बस खुसार्ने नजिकै बिहीबार राति ९ : ३० बजे राधादी गैरामा दुर्घटना भएको हो । ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा खुर्साने गाउँका ६ जना महिलाको मृत्यु भएको हो ।

दुर्घटनामा खुसार्ने गाउँका खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, कमला खत्री र गुनी गाहाको ज्यान गएको वडा नं. ८ का वडा अध्यक्ष रेमबहादुर रानाले जानकारी दिनुभयो ।

मृतक सबै खुर्साने गाउँका रहेका छन् । मृतक मध्ये एकजनाको भने पहिचान हुन सकेको छैन । मृतकमध्ये तीन जनाको शव बाहिर निकालिएको छ भने ३ जनाको शव बसले च्यापेको अवस्थामा छ । बस सडकबाट करिब ६० मिटर तल भिरमा खसेको छ ।

पाल्पा र रुपन्देहीका प्रहरी तथा स्थानीयले उद्धारको गरेका छन् । दुर्घटनामा घाईते भएका अन्य १८ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइएको छ ।

Leave a Comment