लाइसेन्स पाउन गाह्रो

Breaking आइतवार पुस १०, २०७९

लिखित र ट्रायल परीक्षा उत्तिर्ण गरेका ७ लाखभन्दा धेरै सेवाग्राहीले सवारी चालक अनुुमतिपत्र अर्थात लाइसेन्स पाएका छैनन् । सरकारले ६ महिनाभित्रै लाइसेन्स वितरण गर्ने बताएको भएपनि वर्ष दिन बित्दासमेत लाइसेन्स नपाएको नागरिकको गुनासो छ । यद्यपी यातायात व्यवस्था विभागले भने मागभन्दा छपाई कम भएकाले ढिलो भएको स्वीकार गरेको छ । विभागका प्रवक्ता इश्वरी दत्त पनेरुले दैनिक ७ हजारसम्म माग हुने गरेको भएपनि ४५ सय मात्र छपाई हुँदा समस्या भएको बताउनुभयो । लाइसेन्स लिनको लागि समय लाग्ने भएपनि विदेश जानेहरुका लागि भने तीन दिनभित्र लाइसेन्स दिने व्यवस्था विभागले गरेको पनि उहाँले दाबी गर्नुभएको छ । त्यसको लागि अनलाइनबाट भिसा लागेको राहदानी, जाने दिनको टिकट र नागरिकता विभागमा पेस गर्नुपर्ने उहाँको भनाइ छ ।

Leave a Comment