मधेश प्रदेशमा अपराध बढ्दै गएको छ । दुईदिनमा अज्ञात व्यक्तिले गोली प्रहार गरी धनुषा र बारामा दुईजनाको हत्या गरेका छन् । हिजो साँझ धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–३ का ४० वर्षीय धनुक दासको गोली प्रहार गरी हत्या भएको छ । प्रत्यक्षदर्शीका अनुसार घरमै बसेको बेला अज्ञात व्यक्ति पसेर उनीमाथि गोली प्रहार गरी फरार भएका छन् । बाँया कोखमा गोली लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । यसअघि शुक्रबार साँझ साढे ५ बजे बाराको गाढीमाई नगरपालिकामा गोली प्रहार गरी एक व्यक्तिको हत्या भएको थियो । गोली प्रहारबाट भारत बिहार मोतिहारी जिल्ला छोडादानो पिप्रा गाउँ निवासी ४५ वर्षीय शिवपुजन प्रसाद यादवको मृत्यु भएको थियो ।
मधेशप्रदेसमा अपराधका घटना बढ्दै, गोली हानी २ जनाको हत्या
