सरकार गठनका लागि राष्ट्रपतिले दलहरूलाई दिएको समय आज सकिँदै

Breaking आइतवार पुस १०, २०७९

सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई दिएको समय आज सकिँदै छ । संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न राष्ट्रपति भण्डारीले आज साँझ ५ बजेसम्मको समय दिनुभएको छ । संसदमा कुनै पनि दलको बहुमत नआएकाले धारा ७६ को उपधारा १ अनुसार सरकार बन्न नसक्ने देखिएका कारण राष्ट्रपति भण्डारीले सदनमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्नका लागि आह्वान गर्नुभएको थियो ।mसत्ता गठबन्धनले सरकार गठनको विषयमा छलफल केन्द्रित गरे पनि सहमतिमा पुग्न सकेका छैनन् । माओवादी केन्द्र अथवा नेपाली कांग्रेस कसको नेतृत्वमा सरकार गठन गर्ने भन्ने विषयमा सहमति जुट्न नसकेको हो । दुवैले पहिलो सरकारको नेतृत्व आफ्नो दलले गर्न पाउनु पर्ने दाबी नछोडे पछि राष्ट्रपतिले दिएको समयमा सहमति नजुट्ने देखिएको छ ।

Leave a Comment