चिसो बढ्यो, तराईमा शीत लहर सुरु, हिमाली क्षेत्रमा हिमतापतको सम्भावना

Breaking शुक्रबार पुस ८, २०७९

चिसो बढेसँगै देशभरीको जनजीवन प्रभावित बन्दै गएको छ । मधेसमा शीतलहर सुरु भएको छ । हिमाली जिल्लामा हिमपातको जोखिम बढेको छ । आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार अबका दिनमा पहाडी भेगमा हुस्सु–कुहिरो र तराईमा शीतलहर बढ्दै जानेछ । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम बिद बिनु मर्हजनले नेपाल एफ एम नेटवर्कलाइ जानकारी दिनुभयो ।
महाशाखाका अनुसार अहिले बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही तराईका केही भू–भागमा हुस्सु÷कुहिरो लागेको छ । दिउँसो प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

Leave a Comment