स्वतन्त्ररुपमा जितेका सांसदहरुबीच नयाँ दल गठन गर्ने विषयमा छलफल

मुख्य खबर बुधबार मंसिर २८, २०७९

काठमाडौं । आमनिर्वाचनमा स्वतन्त्ररुपमा जितेका सांसदहरुबीच नयाँ दल गठन गर्ने विषयमा छलफल सुरु भएको छ । स्वतन्त्ररुपमा चुनाव जितेका प्रभु साह, अमरेश सिंह, किरण साह र योगेन्द्र मण्डलबीच छलफल सुरु भएको हो ।कांग्रेसका पूर्वनेता सिंहले नयाँ दल गठनबारे छलफल सुरु भएको बताउनु भयो सिंहका अनुसार रौतहट–३ का प्रभु साह, रौटहट–२ का किरण साह र मोरङ–५ बाट विजयी भएका योगेन्द्र मण्डल छलफलमा रहेका छन् ।

सिंहले जनमत पार्टीका अध्यक्ष सिके राउत र नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीसँग पनि छलफल भैरहेको बताउनु भयो । उहाँले मधेसी दलजस्तो क्षेत्रीय नभै राष्ट्रियस्तरको दल बनाउन लागेको जानकारी दिनुभयो । नामको विषयमा भने विभिन्न नामहरु आए पनि कुनै टुंगो नलागेको सिहको भनाई छ । पार्टीले टिकट नदिएपछि बागी उठेर सर्लाही–४ बाट निर्वाचन जित्नु भएको छ ।

सिंहले प्रभु साह काठमाडौं आएपछि थप छलफल हुने बताउनु भयो । सिंहले ६५ वर्षभन्दामाथिको नेताले सक्रिय राजनीति नगर्ने व्यवस्था हुने बताउनु भयो । माओवादी हुँदै एमाले भएका साहले मंसिर ४ मा भएको संसदीय चुनावमा स्वतन्त्ररुपमा लड्नु भएको थियो ।

रौतहट–२ बाट निर्वाचित किरण पनि प्रभुसँग जोडिनु भएको छ । एमालेले टिकट नदिएपछि मण्डल मोरङ–५ मा स्वतन्त्र उम्मेदवार उठ्नु भएको थियो । मंसिर ४ मा भएको आमनिर्वाचनमा बर्दिया–२ बाट लालवीर चौधरीसहित ५ जना सांसदले स्वतन्त्ररुपमा जितेका थिए । चौधरी जनमत पार्टीसँग आबद्ध हुनुहुन्छ ।

Leave a Comment