काठमाडौं । प्रतिनिधिसभाको जारी मतगणनामा समानुपातिकतर्फ नेकपा एमालेले अग्रता कायम राखेको छ । निर्वाचन आयोगका अनुसार आइतबार बिहानसम्ममा नेकपा एमालेले प्रतिनिधिसभामा २३ लाख ५ हजार ६८२ मत पाएको छ ।
एमालेलाई पछ्याइरहेको नेपाली कांग्रेसले २२ लाख ९ हजार ४१९ मत ल्याएको छ । माओवादी केन्द्र ९ लाख ६७ हजार ९७० मतसहित तेस्रो स्थानमा आइपुगेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको ९ लाख २५ हजार २०२ र राप्रपाले ४ लाख ८७ हजार ५५२ मत कटाएका छन् ।
यस्तै जनता समाजवादी पार्टीको २ लाख ८८ हजार ४ सय ९९, नेकपा एकीकृत समाजवादी पार्टीले २ लाख २२ हजार ७५७, नागरिक उन्मुक्ति पार्टीले १ लाख ९९ हजार २३९ र जनमत पार्टीले २ लाख २२ हजार ६९५ मत पाएका छन् ।
यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले समानुपातिकमा केही पार्टीको अस्वाभाविक मत बढेको आरोप लगाएका छन् । अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मतगणनामा चनाखो हुन कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् ।