कस्तो रहँला सत्ताको समिकरणमा नयाँ दलको भूमिका ?

मुख्य खबर NFM संवाददाता आइतवार मंसिर ११, २०७९

काठमाडौं । निर्वाचन परिणाम अन्तिम चरणमा छ । तर, अबको संसदको संरचना, दलीय उपस्थितका चित्र लगभग आइसकेको छ । त्यसका आधारमा सरकार गठनको पहल पनि सबैभन्दा ठूला दलले आन्तरिक रुपमा सुरु गरेका छन् । ठूला दलको खेलमा नयाँ किसिमले बन्ने सत्ताको समिकरणमा नयाँ दलको भूमिका कस्तो रहँला ? चासो पूर्वक हेरिएको छ ।

यसपटक ठूला दल साना भएका छन् । नयाँ दल नयाँ सन्देशसहित संसदमा छिर्दैछन् । पहिलो पटक प्रतिनिधिसभामा भाग लिएका दुईभन्दा बढी नयाँ दल संसदमा प्रवेश गर्ने देखिएकाले अघिल्लो संसदमाभन्दा भिन्न माहोल बन्ने देखिएको छ । स्पष्ट बहुमत कुनै पनि दलको नआउने स्थिति देखिएकाले तानातानमा त्यही नयाँ दल पर्नेछन् ।

पश्चिम तराईमा जन्मिएको नागरिक उन्मुक्ति, मधेसमा जन्मिएको जनमत पार्टी र फरकरुपमा आएको राष्ट्रिय स्वतन्त्र पार्टी संसदमा सत्तासमिकरणको नयाँ खेलाडीका रुपमा देखिनेछन् । भिन्न पृष्ठभूमिबाट राजनीतिक यात्रा सुरु गरेर संसद आउन लागेका दलहरुको मुद्दा उनीहरुले भनेको पत्याउने हो भने सरकार भन्दा नागरिक केन्द्रित हुनेछ । नागरिक उन्मुक्तिपार्टीले सरकारमा जाने घोषणा गरिसकेको छ । रवी लामिछाने नेतृत्वको पार्टीले अवस्था हेरेर चल्ने भनेको छ ।

लामिछानेले सरकारमा जादै जान्नौ नभनेकाले सरकार बनाउने खेलको एउटा महत्वपूर्ण खेलाडी त्यो दल बन्ने पक्का छ । संवैधानिक राजतन्त्रको मुद्दा लिएर हिँडेको राप्रपाको उपस्थिति पनि बढ्नेछ । माओवादी केन्द्रको आकार खुम्चिँदै छ । एमालेबाट फुटेको एकीकृत समाजवादीले त राष्ट्रिय मान्यता पाउन पनि कठिन हुने देखिएको छ । यो परिस्थितिले सरकार गठन निकै सकसपूर्ण बन्ने नेताहरुले पनि आकलन गरिसकेका छन् ।

अहिलेसम्मको परिस्थितिले एमाले र कांग्रेस मिलेको अवस्था बाहेक दुई दल मिलेर सरकार गठन गर्न सक्ने सम्भावना छैन । यी दुई दल मिल्न तत्कालका लागि सजिलो पनि छैन् । यसको अर्थ संसद सुरुदेखि नै एउटा ध्रुवमा एमाले र अर्को धुव्रमा कांग्रेस बसेर बाँकी दल खिचातानीमा पर्ने राजनीतिक विश्लेषक पुरञ्जन आर्चाय बताउनु हुन्छ ।

Leave a Comment