अहिलेसम्मको नतिजामा : कांग्रेस पहिलो, एमाले दोस्रो

मुख्य खबर बुधबार मंसिर ७, २०७९

काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको नतिजा आइरहेको छ । अहिलेसम्म नेपाली कांग्रेस १२ ठाउँमा विजयी भएर पहिलो पार्टी बनेको छ । एमालेले कांग्रेसलाई पछ्याइरहेको छ । समानुपातिकतर्फ कांग्रेस भन्दा बढी मत पाइरहेको नेकपा एमाले प्रत्यक्षतर्फ भने कांग्रेसभन्दा केही पछाडि देखिएको छ । पाँच महिनाअघि मात्रै स्थापना गरेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा देखिएको छ । कैलालीबाट नागरिक उन्मुक्ति पार्टीले खाता खोलेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि दुई ठाउँमा जितेको छ । माओवादी केन्द्रले खाता खोल्न सकेको छैन । नेकपा एकीकृत समाजवादीले एक ठाउँमा जितेको छ । जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीहरु किनै पछि परेका छन् ।

नेपाली कांग्रेस

१. मुस्ताङ– योगेश शेरचन

२. मनाङ– टेकबहादुर गुरुङ

३. काठमाडौं १ – प्रकाशमान सिंह

४. काठमाडौं ३ – सन्तोष चालिसे

५. काठमाडौं ४– गगनकुमार थापा

६. काठमाडौं ५ – प्रदीप पौडेल–

७. रसुवा– मोहन आचार्य–

८. ललितपुर १– उदयसमशेर जबरा

९. तनहुँ २ – शंकर भण्डारी

१०.डडेलधुरा– शेरबहादुर देउवा

११. पर्सा ४ बाट कांग्रेसका रमेश रिजाल

१२. काठमाडौं १० कांग्रेसका राजन केसी

नेकपा एमाले

१.उदयपुर २ – अम्बरबहादुर रायमाझी

२.काठमाडौं ९– कृष्णगोपाल श्रेष्ठ

३.ललितपुर २– प्रेमबहादुर रायमाझी

राष्ट्रिय स्वतन्त्र पार्टी

१. काठमाडौं ७ – गणेश पराजुली

२.काठमाडौं ८– विराजभक्त श्रेष्ठ

३. काठमाडौं २– सोबिता गौतम

नेकपा एकीकृत समाजवादी

१. अछाम १ –शेरबहादुर कुँवर

राष्ट्रिय प्रजातन्त्र पार्टी–

१. बाँके २ – धवलसमशेर जबरा
२.झापा ३- राजेन्द्र लिङदेन

नागरिक उन्मुक्ति पार्टी

१. कैलाली १– गंगाराम चौधरी

Leave a Comment