काठमाडौं । गुल्मीको सत्यवतीमा जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
सत्यवती गाउँपालिका– ३, ठूलोलुम्पेकबाट कुढडाँडा जाँदै गरेको लु ३ च ५३४० नम्बरको जिप कुढडाडाँमा दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी जानकारी दिएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् ।
बुधबार बिहान २ बजे भएको दुर्घटनामा परी मृत्यु हुनेहरुमा सत्यवती– ३ का जिप धनी ५१ वर्षका झलक सोमै, ५५ वर्षका टीका राहादी, ४७ वर्षका रनबहादुर सिजापति, २५ वर्षका मिलन तरामोको रहेको जिल्ला ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
घाइते हुनेहरुमा सत्यवती– ३ का ३३ वर्षका कार्बोलिन सोमै, ४३ वर्षकी जमुना सोमै, ३२ वर्षका चेतमान सिञ्जाली, ४९ वर्षका गिरबहादुर राहादी र खण्डन सोमै हुनुहुन्छ ।