समानुपातिकमा कति मत प्राप्त गर्ने दल संसदमा पुग्लान् ?

मुख्य खबर मङ्लबार मंसिर ६, २०७९

काठमाडौं । देशभर मतगणना धमाधम जारी छ । जस अनुसार नेपाली कांग्रेसले अहिले अग्रता लिइरहेको छ भने मुस्ताङमा जित हाँसील गरीसकेको छ । मुस्ताङको प्रतिनिधि तथा प्रदेश द्वैमा नेपाली कांग्रेसले जीत हासील गरेको छ । देशभर मतगणना भैरहदा नागरिकहरुमा कुन पार्टी पहिलो कुन दोस्रो नयाँ दलहरुले कति सिट प्राप्त गर्छन ? अनि समानुपातिकको अवस्था के रहन्छ? भन्ने चासो बढेको छ । समानुपातिकमा कति मत प्राप्त गर्ने दल संसदमा पुग्लान् ?

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको प्रारम्भकि अनुमान गरेको छ । निर्वाचन आयोगको प्रारम्भिक अनुमान अनुसार समानुपातिक प्रणालीमा दलहरूले सिट पाउनका लागि तीन लाख २० हजार बढी मत ल्याउनुपर्ने देखिएको छ । एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता मध्ये ६१ प्रतिशत मतदानमा सहभागी हुँदा देशभरबाट एक करोड ९ लाख ७० हजार बढी मतदान भएको देखिन्छ ।

विगतको निर्वाचनमा प्रतिनिधिसभामा र प्रदेशसभा दुवैको समानुपातिक मतपत्र एउटै भएका कारण धेरै मत बदर भएको थियो । प्रत्यक्षतर्फ तीन प्रतिशत बढी मत बदर भएको थियो । यो निर्वाचनमा पनि तीन प्रतिशतकै हाराहारीमा मत बदर हुनसक्ने निर्वाचन आयोगका अधिकारीहरुको आशङ्का छ । आयोगले अनुमान गरेजस्तै तीन लाख हाराहारी मत बदर भएको अवस्थामा एक करोड ६ लाख मतको तीन प्रतिशत मत ल्याउने दलले समानुपातिक प्रणालीबाट संसद्मा आफ्ना उम्मेदवार निर्वाचित गराउन सक्छ ।

बदर भएको मत घटाएर कुल सदर मतको तीन प्रतिशत मत तीन लाख २० हजार आसपास हुन आउँछ । प्रतिनिधिसभा निर्वाचन ऐनको दफा ६० को उपदफा १२ मा समानुपातिकमा तीन प्रतिशत भन्दा कम मत ल्याउने दलहरूको मत “दलले प्राप्त गरेको कुल मतमा गणना गरिने छैन” भन्ने व्यवस्था उल्लेख छ ।

जस अनुसार तीन प्रतिशत नपु¥याउने कैयौँ दलहरूले प्राप्त गरेको मत गणना हुँदैन । निर्वाचन आयोगका अनुसार समानुपातिक प्रणालीतर्फ कुल ४८ वटा दलले भाग लिएका छन् ।

Leave a Comment