प्रदेशसभा र प्रतिनिधिसभातर्फ कांग्रेस र एमालेकै टक्कर, माओवादीलाई गठबन्धन फापेन

मुख्य खबर मङ्लबार मंसिर ६, २०७९

काठमाडौं । प्रदेशसभा र प्रतिनिधिसभातर्फको निर्वाचनको मतगणना भइरहेको छ । निवर्नचन आयोगका अनुसार अहिलेसम्म निर्वाचन षेत्र अनुसार १० देखि ८० प्रतिशतसम्म मत गनिएका छन् । मंगलबार दिउँसो २ बजेसम्म १२३ निर्वाचन क्षेत्रमा मतगणना हुँदा प्रतिनिधिसभातर्फ कांग्रेसले ४ स्थानमा जित हासिल गरेको छ ।

नेकपा एमालेले एक स्थानमा जित हासिल गरेको छ । कांग्रेसले ४३ स्थानमा अग्रता राखेर अघि बढिरहेको छ भने एमाले ४० सिटमा अग्रता राखेर पछ्याइरहेको छ ।

माओवादी केन्द्रले १५ तथा राष्ट्रिय स्वतन्त्र पार्टीले १० स्थानमा अग्रता कायम गरेका छन् । एकीकृत समाजवादीले भने ८ स्थानमा अग्रता कायम गर्दा राप्रपाले ७ स्थानमा नेतृत्व गर्दै अघि बढेको छ । प्रदेशसभामा पनि नेपाली कांग्रेसले ४ ठाउँमा जितेको छ । ६० स्थानमा अगाडी देखिएको छ । नेकपा एमालेले प्रदेशमा खाता खोल्न सकेको छैनन तर ६६ स्थानमा अगाडी रहेको छ ।

माओवादीलाई घाटा
प्रतिनिधिसभामा कांग्रेससँग मिलेर ४५ सिटमा उम्मेदवारी दिएको नेकपा माओवादी केन्द्रले अपेक्षाकृत नतिजा ल्याउन नसक्ने प्रारम्भिक मतगणनाले संकेत गरेको छ ।

काठमाडौंबाट उम्मेदवारी दिएका पाँच नेता ओनसरी घर्ती, कल्पना धमला, मानुषी यमी भट्टराई, अञ्जना बिसंखे र बद्री बजगाईं कोही पनि मतगणनाको अग्रस्थानमा उक्लन सकेका छैनन् ।

ललितपुर ३ बाट पम्फा भुसालले हार्ने लगभग पक्का जस्तै छ । महासचिव देव गुरुङ पनि लमजुङमा एमाले नेता पृथ्वी सुब्बा गुरुङसँग पराजित हुने संकेत देखिएको छ ।

Leave a Comment