मंसिर ४ गते चुनाव : कसले कति सिट ल्याउला ?

मुख्य खबर आइतवार कार्तिक २७, २०७९

काठमाडौं । मंसिर ४ गते चुनाव कसले जित्ला ? कुनदलले कति सिट ल्याउलान ? दलहरूले आफ्नो संयन्त्रमार्फत चुनावी नतिजाको अध्ययन गरिरहेका छन् । प्रहरीका तीनवटै निकायले पनि प्रमुख दलहरुमा कतिले कति सिट ल्याछनत भने प्रारम्भिक अध्ययन प्रतिवेदन तयार पारेका छन् ।

नेपाल प्रहरीको विशेष ब्युरो, राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोले प्रतिनीधिसभाका १ सय ६५ क्षेत्रमा कुन दलको कति सिट आउँला भनेर पहिलो चरणको अध्ययन सकेका छन् । नेपाली सेनाको इन्टेलिजेन्स विभाग (डीएमआई) ले पनि दलहरूको चुनावी नतिजा आकलनको प्रारम्भिक अध्ययन गरेको छ ।

४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्ष चुनावबारे चारवटै सुरक्षा निकायले प्रारम्भिक चरणमा तयार गरेको आन्तरिक रिपोर्ट अनुसार, कांग्रेस पहिलो दल हुनेछ । एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो बन्ने छ । प्रहरीको गुप्तचर विभाग स्रोतका अनुसार, कांग्रेसले भाग लिएका ९० निवार्चन क्षेत्रमध्ये न्यूनतम ६० देखि ६५ सिट जित्नेछ ।

दोस्रो हुने दल एमालेले ४० देखि ४५ को हाराहारीमा जित्ने छ । त्यस्तै, माओवादी केन्द्रको २० देखि २५ र एकीकृत समाजवादीले ६ सिट जित्ने आन्तरिक प्रतिवेदन प्रहरीको विशेष ब्युरो र गुप्तचर विभागले तयार पारेका छन् । सुरक्षा निकायले हरेक चुनावमा गोप्य रुपमा प्रक्षेपण गर्ने गरेको पूर्व डिआइजी महेन्त मल्लले बताउनुभयो । तर, यसरी गरिएका सर्वेक्षणहरु माथि ढुक्क हुन भने नसकिने पूर्व डिआइजी हेमन्त मल्ल बताउनुहुन्छ ।

यो पटक कांग्रेस, माओवादीसहित पाँच दल गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएकाले मंसिर ४ पछि सरकार बनाउन एक्ला–एक्लै बहुुमत पुग्ने सम्भावना गणितीय रूपमा भने छैन । एमालेमा पनि पार्टी विभाजन र अघिल्लो जस्तो वामगठबन्धन नभएकाले नेताहरुले भनेजस्तो एक्लै सरकार नबन्ने निश्चित जस्तै छ ।

 

Leave a Comment