काठमाडौं । प्रतिनिधि सभाको १ सय ६५ निर्वाचन क्षेत्रमा २ हजार ४ सय १२ जनाको उम्मेदवारी कायमभएको छ । पुरुषउम्मेदवारको संख्या २ हजार १ सय ८७ छ । महिला उम्मेदवार जम्मा २ सय २५ जनामात्रै महिला छन् । तीमध्ये प्रतिनीधिसभाका केही निर्वाचन क्षेत्रमात्रै महिला उम्मेदवारसँग जोडेर चर्चामा छन् ।
एकीकृत समाजवादीबाट एक मात्रै उम्मेदवार रामकुमारी झाँक्री बाँकी प्रमुख तीन दलका प्रभावशाली १२ महिला उम्मेदवार बढी चर्चामा छन् । कांग्रेसबाट पूर्व उपसभामुख पुष्पा भुसालको क्षेत्र अर्घाखाँची, पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाको क्षेत्र मोरङ–२, पूर्व उपसभामुख चित्र लेखा यादवको क्षेत्र सिरहा–२ बढी चर्चामा छ ।
ती सबै क्षेत्रमा एमालेका पुरुष उम्मेदवार प्रतिस्पर्धामा छन् । कांग्रेस नेता चित्रलेखा यादव उम्मेदवार मात्रै होइन सांसद समेत बन्नेमा ढुक्क देखिनुहुन्छ । ‘मैले नराम्रो काम गरेको छ्रन । मतका हिसावले पनि कांग्रेस नै अगाडी छ । त्यस कारण म जित्छु’ यादवले ढुक्कक भएर नेपाल एफएमसँग भन्नुभयो ।
गत निर्वाचनमा ५ जना मात्रै महिला उम्मेदवार बनाएको एमालेले यस पटक ११ जनालाई टिकट दिएको छ । ०७४ मा झिनो मतान्तरले पराजित भगवती चौधरी सुनसरी–३, पद्माकुमारी अर्यालले स्याङ्जा–२ विद्या भट्टराइ कास्की–२ नीरुदेवी पालले कञ्चनपुर–३ चर्चामा छन् । ती क्षेत्रमा सत्ता गठबन्धनका पुरुष उम्मेदवार नै प्रतिस्पर्धामा छन् ।
अघिल्लो चुनावमा जित्नु भएका एमाले उम्मेदवार पद्मा अर्याल यो पटक पनि संसदमा पुग्नेगरि लागिरहनु भएको छ । उहाँले पनि नेपाल एफएमसँगको कुराकानीमा आफु बलियो भएको दावी गर्नुभयो ।
माओवादी केन्द्रबाट मुख्य तीन महिला उम्मेदवारका क्षेत्र बढी चर्चामा छन् । ऊर्जामन्त्री पम्फा भुसालको क्षेत्र लितपुर–३, पूर्व सभामुख ओनसरी घर्तीको क्षेत्र काठमाडौं–२, मानुषी यमि भट्टराईले काठमाडौं–७ बढी चर्चामा छ । एमाले महा सचिव शंकर पोखरेलसँग प्रतिस्पर्धामा रहनु भएका माओवादी उम्मेदवार रेखा शर्मा उम्मेदवारीसँगै जितमा पनि अब्बल बन्नेगरि लाग्नु भएको छ ।
सबैभन्दा धेरै महिला उम्मेदवारी परेको क्षेत्र काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ हो जहाँ १० जना महिला प्रतिस्पर्धामा देखिएका छन् । तर, रोचक भने दाङमा देखिन्छ । दाङका तीनवटै निर्वाचन क्षेत्रमा फरक पार्टीका चर्चित पुरुष उम्मेदवारलाई प्रभावशाली महिलाले टक्कर दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रेखा थापाले उम्मेदवारी दिएको मोरङ–३ पनि चर्चामा छ ।
रन्जु दर्शना उम्मेदवार भएको काठमाडौं–५ पनि महिला उम्मेदवारसँगै जोडेर चर्चामा छ । १ सय ६५ निर्वाचन क्षेत्रमध्ये ६१ वटा निर्वाचन क्षेत्रमा दलहरुले महिला उम्मेदवार नै नबनाएकाले ती क्षेत्रबाट प्रतिनिधि सभामा महिलाको प्रतिनिधित्व नहुने भएको हो ।
प्रदेश १ मा पाँच सय १० मध्ये चार सय ५८ पुरुष र ५२ महिला, मधेस प्रदेशमा एक हजार सात उम्मेदवार रहेकोमा ७४ महिला उम्मेदवार छन् । बागमतीमा ६ सय ६८ उम्मेदवार रहेकोमा पाँच सय ८८ पुरुष र ८० महिला, गण्डकीमा दुई सय ३५ उम्मेदवारमध्ये दुई सय ६ पुरुष र २९ महिला, लुम्बिनीमा चार सय ९५ उम्मेदवारमध्ये चार सय ६६ पुरुष र २९ महिला, कर्णालीमा एक सय १६ मध्ये एक सय १३ र तीन महिला र सुदूरपश्चिममा एक सय ९३ मा एक सय ८० पुरुष र १३ महिला उम्मेदवार छन् । सम्झना श्रेष्ठ, नेपाल एफएम नेटवर्क काठमाडौं ।
कुन महिला उम्मेदवार कुन प्रदेशमा कोसँग प्रतिस्पर्धामा
वागमती
ओनसरी घर्ती र मणिराम फुँयाल (काठमाडौं २)
कल्पना धमला र कृष्णगोपाल श्रेष्ठ (काठमाडौं ९)
मानुषी यमी भट्टराई र श्याम घिमिरे (काठमाडौं ७)
अन्जना विशंखे र राजेन्द्रकुमार केसी (काठमाडौं १०)
पम्फा भुसाल र अमृत खड्का (ललितपुर ३)
महालक्ष्मी उपाध्याय ‘डिना’ र कमल थापा (मकवानपुर १)
प्रदेश १
सुजाता कोइराला र ऋषिकेश पोखरेल (मोरङ २)
भगवती चौधरी र विजय गच्छदार (सुनसरी ३)
मञ्जु चौधरी र नारायण खड्का (उदयपुर १)
सीता गुरुङ र विजय सुब्बा (तेह्रथुम)
मधेस प्रदेश
जुलीकुमारी महतो र अनिलकुमार झा (धनुषा ३)
ज्वालाकुमारी साह र लालबाबु सिंह (बारा ३)
चित्रलेखा यादव र राजकिशोर यादव (सिराहा २)
लुम्बनी
शान्ता चौधरी र मेटमणि चौधरी (दाङ १)
कोमल वली र दीपक गिरी (दाङ ३)
रेखा शर्मा र शंकर पोखरेल (दाङ २)
पुष्पा भुसाल र टोपबहादुर रायमाझी (अर्घाखाँची)
रामकुमारी झाँक्री र गोकर्ण विष्ट (गुल्मी २)
गण्डकी
पद्मा अर्याल र धनराज गुरुङ (स्याङ्जा २)
विद्या भट्टराई र श्रीनाथ बराल (कास्की २)
मञ्जु शर्मा चालिसे र देवेन्द्र पौडेल (बाग्लुङ २)
सुदूरपश्चिम
निरुदेवी पाल र रेमश लेखक (कञ्चनपुर ३)
गौरी ओली र प्रेम आले (डोटी)
विना मगर र तारा लामा (कञ्चनपुर ३)
कर्णाली
गोमा गौतम कुँवर र रतननाथ योगी (जुम्ला)
कुन्ती शाही -रवीन्द्रराज शर्मा (दैलेख)