साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज घरेलु टोली बंगलादेशको सामना गर्दैछ । नेपालले डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग खेल्न लागेको हो । ढाकामा हुने खेल नेपाली समय अनुसार दिउँसो ४ बजेर १५ मिनेटमा सुरु हुनेछ । नेपाल र बंगलादेशबीचको खेल फाइनल सरहको खेल हो । किनकि यस खेलको विजेताले उपाधि जित्नेछ । नेपाल आज बंगलादेशलाई हराएर उपाधि उचाल्न चाहन्छ । तर, नेपाललाई बलियो बंगलादेशविरुद्ध जित निकाल्न सहज हुने छैन । नेपाल ३ खेलमा अपराजित रहदै ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । बंगलादेश ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । उपाधि उचाल्न नेपाललाई बंगलादेशविरुद्ध बराबरीको नतिजाले पुग्नेछ । तर, बंगलादेशलाई भने फराकिलो जित आवश्यक छ ।
साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज घरेलु टोली बंगलादेशको सामना गर्दै
