दैनिक उपभोग्य वस्तु महगिँदा उपभोक्ता मर्कामा छन्। चामल, दाल, गेडागुडी, आँटाको समेत मूल्य बढ्दा भान्सा महँगिएको छ । नेपाल खुद्रा व्यापार संघका अनुसार गत वर्षभन्दा यस वर्ष उसिना जिरा मसिना चामल किलोकै १५ रुपैयाँले बढेको छ। शहरी क्षेत्रमा माग बढ्दै गएको ‘लङ ग्रेन’ बासमती चामल एक वर्षमै किलोमा २५ रुपैयाँ महँगिसकेको छ । त्यस्तै धूलो जिराको मोल किलोमा १५० रुपैयाँ बढ्दा धूलो धनियाँ र खुर्सानी १००÷१०० रुपैयाँले महँगिएको छ । तरकारी र अन्य सामग्रीको भाउ पनि उस्तै गरी उकालो लागेको छ । नेपाल खुद्रा व्यापार संघका अनुसार सूर्यमुखी तेलको मूल्य एक वर्षमा नै कम्तीमा लिटरको ४५ रुपैयाँ बढेको छ । त्यसैगरी घिउको मूल्य पनि अकासिएको छ । पोहोर एक लिटर घिउ ९०० रुपैयाँमा पाइन्थ्यो । अहिले १२ सय रुपैयाँ तिर्नुपर्छ । नेपाली उपभोक्ता भातभान्साका सामग्रीका लागि आयातीत भारतीय उत्पादनमा भर पर्नुपर्ने अवस्था छ । वस्तुको आयातमा रोक, निर्वाचनको समय जस्ता कारण देखाएर मूल्यवृद्धि बढाइएको र त्यो गलत भएको उपभोक्त हित संरक्षण मञ्चका अध्यक्ष जोती बाँनियाले बताउनुभयो ।
दैनिक उपभोग्य वस्तु महगिँयो उपभोक्ता मर्कामा
