निर्वाचन आचार संहिता उल्लंघन- स्पष्टिकरणमा मात्रै सिमित !

मुख्य खबर रन्जना पौडेल बिहिबार कार्तिक २४, २०७९

काठमाडौं । मंसीर ४ गते हुने संघीय तथा प्रदेश निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले असोज १२ गतेदेखि निर्वाचन आचारसंहिता लागु गरिसकेको छ । आचार संहितामा सार्वजनिक स्थल, अरु कसैको घरमा झण्डा ब्यानर नराख्न भनेपनि रंगीबिरंगी तुलव्यानर र पोस्टरपम्प्लेट गाउँमा गाउँमा देखिएकै छन् । बालबालिकाको प्रयोग गरे ३ वर्षसम्म कैद र ७५ हजार रुपैयाा जरिवानाको कानुनी प्रावधान छ ।

तर, हातमा झण्डा बोकेर वालवालिका उम्मेदवारले गर्ने चुनावी प्रचारको र्यालीमा हिडिरहेको तस्बिर सामाजिक सञ्जालमा आइरहेको छ ।
आचारसंहिता लगाुभइसकेपछि निर्वाचन आयोगमा अहिलेमा १ सम्म ५० भन्दा बढी उजुरी परेका छन् । ८० भन्दा धेरै उजुरी माथि स्पष्टीकरण सोधेको छ । स्पष्टिकरणमा कतिले जवाफ दिए ? जवाफमा के भने ? चित्त बुझ्दो जवाफ नआए आयोगले फेरि के गर्यो ? त्यस्तो कुरा बाहिर ल्याएको छैन ।

तर, निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल स्पष्टिकरण नै एक किसिमको कारवाही भएको बताउनुहुन्छ ।
आयोगका अनुसार स्पष्टीकरण सोधीएका कतिपयले आफूहरुले कुनै गल्ती नगरेको जिकिर गर्दै आयोगलाई जबाफ फर्काएका छन् । कतिपयले भने गल्ती भो अब गरिदैन भन्ने जबाफ दिने गरेको आयोगका आयुक्त रामप्रसाद भण्डारी ले जानकारी दिनुभयो ।

आचार संहिता उल्लघन गरेका दलहरु,उमेदवार तथा संघ सस्थाले पहिलो पटक दिएको जबाफ चित्तबुझ्दो नभएपछि आयोगले दोस्रो पटक स्पष्टीकरण पनि सोधेको छ । तर दोस्रो पटक सोधीएको जबाफको बारेमा आयोगले अगरिरहेको प्रवक्ता पौडेलले नेपाल एफएम नेटवर्कसँग बताउनुभयो ।

ललीतपुर ३ की राष्टय स्वतन्त्र पार्टीका उमेद्वार तोसीमा कार्कीको उमेदवारी खारेज गरेपछि कानुनी विवादमा तानिएको निर्वाचन आयोगले एउटै प्रकृतिका मुद्दामा कसैलाई स्पष्टीकरण मात्रै सोध्ने र कसैलाई कारवाही गर्न प्रहरीलाई पत्र काट्ने काम भएको गुनासो बढेको छ ।

 

Leave a Comment