कोरियामा एकै दिन ६२ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

Breaking NFM संवाददाता बुधबार कार्तिक २३, २०७९

दक्षिण कोरियामा कोरोनाका सङ्क्रमितहरूको सङ्ख्या बढेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्् । स्वास्थ्य अधिकारीअनुसार पछिल्लो २४ घण्टामा मात्रै ६२ हजार जना भन्दा बढी सङ्क्रमित भेटिएका छन् । दक्षिण कोरियामा कोभिड महामारी सुरु भएयता दुई करोड ५९ लाख ८१ हजार जना भन्दा बढी सङ्क्रमित भेटिएका समाचारमा जनाइएको छ । रोग नियन्त्रण तथा निवारण निकायका अनुसार अघिल्लो हप्ताका तुलनामा अहिले सङ्क्रमित बढेका छन् । दक्षिण कोरियामा अहिलेसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २९ हजार चार सयभन्दा बढी रहेको बताइएको छ ।

Leave a Comment