आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको पहिलो समेीफाइनमा पाकिस्तान र न्युजिल्याण्ड भिड्ने

Breaking बुधबार कार्तिक २३, २०७९

अष्ट्रेलियामा जारी आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आजदेखि सेमिफाइनलका खेल हुँदैछन् । आज हुने पहिलो सेमिफाइनल खेलमा पाकिस्तान र न्युजिल्याण्डबीच खेल हुँदैछ । यो खेल अष्ट्रेलियाको सिड्नीमा नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरू हुनेछ । सुपर १२ चरणको समुह एक मा रहेको न्युजिल्याण्ड समुह विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । समुह दुई मा रहेको पाकिस्तान भने उपविजेताको रुपमा सेमिफाइनलमा ठाउँ बनाउन सफल भएको हो । न्युजिल्याण्डले समुहका पाँचमध्ये तीन खेल जित्दा एक खेलमा पराजित भयो भने वर्षाले प्रभावित एउटा खेल रद्द भएको थियो । उता, पाकिस्तानले समुहका ५ मध्ये ३ खेल जितेको थियो भने दुई खेलमा पराजित भएको थियो । प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा भोलि बिहीबार भारतले इंग्ल्याण्डसँग खेल्नेछ । फाइनल खेल भने आइतबार मेलबर्न क्रिकेट मैदानमा हुनेछ ।

Leave a Comment