बंगलादेशमा जारी साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज
भुटानको सामना गर्ने भएको छ । ढाकामा हुने खेल दिउँसो सवा ४ बजे सुरु हुनेछ ।
नेपाल आज लगातार तेस्रो जितको योजनामा हुनेछ । भुटान भने पहिलो जितको खोजीमा हुनेछ । नेपालले अन्तिम खेलमा शुक्रबार बंगलादेशसँग खेल्नेछ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्ने छन् ।