प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा आज समूह चरणका अन्तिम दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदान र मुलपानीमा रहेको मुलपानी क्रिकेट मैदानमा आज एक एक खेल हुँदै छन्। टियु क्रिकेट मैदानमा हुने खेलमा मधेस प्रदेश र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान साढे ९ बजे सुरु हुनेछ । मधेस र पुलिस यस अघि नै सेमिफाईनल प्रवेश गरिसकेका भए पनि आजको खेलबाट समूह बिजेता र उपबिजेताको टुङ्गो लाग्नेछ । आजको खेलको बिजेता समूह बिजेता बन्नेछ । मुलपानी मैदानमा हुने खेलमा कर्णाली प्रदेश र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताबाट बाहिरिसकेका कर्णाली आजको खेलबाट पहिलो अंक जोड्न चाहन्छन् । उता, आर्मी भने कर्णाली माथी जित निकाल्दै सेमिफाईनल पुग्न चाहान्छ । आजको खेलमा कर्णाली बिजयी भएमा गण्डकी प्रदेश सेमिफाईनल प्रवेश गर्दछ । आर्मी बिजयी भएमा आर्मी नै सेमिफाईनल पुग्दछ । यस समूहबाट नेपाल एपीएफ क्लब यस अघि नै सेमिफाईनल पुगिसकेको छ।
प्रधानमन्त्री कप क्रिकेटमा मधेस प्रदेश र नेपाल पुलिस तथा कर्णाली प्रदेश र आर्मी क्लबबीच प्रतिस्पर्धा हुने
