तापक्रमबाट पीडित अफ्रिका र दक्षिण एसियाका किसानले १ दशमलव ४ अर्ब अमेरिकी डलर पाउने

Breaking मङ्लबार कार्तिक २२, २०७९

विश्वव्यापी तापक्रम वृद्धिको प्रभावबाट पीडित उप–सहारा अफ्रिका र दक्षिण एसियाका साना किसानले १ दशमलव ४ अर्ब अमेरिकी डलरको परोपकारी प्रोत्साहन पाउने भएका छन् । बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले चार वर्षमा वितरण गर्ने अनुदान क्षेत्रीय नवप्रवर्तनका लागि छुट्याइएको छ । यसले खडेरी, गर्मीको लहर र अत्यधिक बाढीको सामना गर्न सहयोग गर्नेछ । इजिप्टको शर्म अल–शेखमा कोप–२७ जलवायु शिखर सम्मेलनमा जलवायु परिवर्तनबाट बढ्दो प्रभावलाई अनुकूलन गर्न यो घोषणा सार्वजनिक गरिएको समाचार संस्था एएफपीले जनाएको छ । अफ्रिकामा ठूलो खडेरीका कारण लाखौँ मानिस भोकमरीको चपेटामा परेका छन् । पाकिस्तानमा आएको भीषण बाढीले खेतीयोग्य जमिन डुबाएको छ र पूर्वाधार नष्ट भएको छ, जसका कारण ३० अर्ब डलरभन्दा बढीको क्षति भएको विश्व बैंकले जनाएको छ । इजिप्टमा भइरहेको सम्मेलनमा १ सय २० भन्दा धेरै विश्व नेताहरूले जलवायु परिवर्तनबाट पर्ने विश्वव्यापी असरका सम्बन्धमा चालिनुपर्ने कदमबारे दुई हप्तासम्म विभिन्न छलफल र वार्तालाई निरन्तरता दिनेछन् ।

Leave a Comment