सत्ता गठबन्धनका ३ शीर्ष नेताहरु चुनावी सभाका लागि सुदूरपश्चिमका पहाडी जिल्ला दार्चुला र बैतडी पुग्ने भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिममै हुनुहुन्छ भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पनि सुदूरपश्चिम पुग्न लाग्ुभएको हो । सत्ता गठबन्धनका दलहरुले भोली दार्चुला र बैतडीमा चुनावी सभा गर्न लागेका छन्। केही दिन गृहजिल्ला डडेलधुराको चुनावी कार्यक्रममा व्यस्त भएका प्रधानमन्त्री देउवा चुनावी सभालाई सम्बोधन गरेपछि मात्रै काठमाडौं फर्किने कार्यक्रम छ । डडेलधुराबाट धनगढी फर्किएका प्रधानमन्त्री देउवाले आफ्नो निजी निवासमै कार्यकर्ताहरुसँग भेटघाट गरिरहनुभएको छ ।