सामाजिक सञ्जाल ट्वीटरको स्वामित्व लिएपछि एकपछि अर्को निर्णय गर्दै आएका एलन मस्कले नक्कली ट्वीटर अकाउन्टहरु बन्द गर्ने घोषणा गर्नुभएको छ । लगातार ३ वटा ट्वीट गर्दै उहाँले बारम्बार अकाउन्टको नाम फेर्न, अर्काको फोटो राख्ने र प्यारोडी अकाउन्ट चलाउनेहरुका अकाउन्ट बन्द गर्ने घोषणा गर्नुभएको हो । मस्कले ट्वीटर ह्याण्डल गर्ने सबै जनालाई यस अघि नै यो खालको सन्देश र चेतावनी दिईसकेको भन्दै अब बिना सूचना अकाउन्ट बन्द गरिदिने समेत बताउनुभएको छ । उहाँले शुल्क तिरेर निलो टिकको अकाउन्ट चलाउनेहरुले नाम फेरेमा निलो टिक स्थगित गरिदिने चेतावनी समेत दिनुभयो । मस्कको यो घोषणासँगै ट्वीटरले एलन मस्ककै नाम र फोटो प्रयोग गरेर सञ्चालन भइरहेका अकाउन्टहरु बन्द गरिदिएको छ ।
नक्कली ट्वीटर अकाउन्ट बन्द गर्ने मस्कको घोषणा
![](https://nfmnews.com/wp-content/uploads/2022/11/elon-musk.jpg)