प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा आज कर्णाली प्रदेशलाई ५ विकेटले हराउँदै सुदुरपश्चिमले पहिलो जित निकालेको हो । कर्णालीले दिएको १ सय ५१ रनको लक्ष्य सुदुरपश्चिमले २९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ३८ ओभर १ बलमा अलआउट हुँदै १ सय ५० रन बनाएको थियो । प्रतियोगिताबाट बाहिरिसकेको सुदुरपश्चिमको यो सान्त्वना जित हो । समूह १ को सुदुरपश्चिमले ४ खेलमा २ अंक जोडेको छ । कर्णालीको यो लगातार तेस्रो हार हो । कर्णाली ३ खेलमा अंक विहीन रहदै पुछारमा रहेको छ ।
प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशको पहिलो जित
