पाकिस्तानमा डेँगुको प्रकोप बढ्दै, २४ घन्टामा ५ जनाको मृत्यु

Breaking सोमवार कार्तिक २१, २०७९

पाकिस्तानमा केही महिना यतादेखि सुरु भएको डेँगुको प्रकोप झन् बढेको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् । पाकिस्तानी स्वास्थ्य अधिकारीका अनुसार पाकिस्तानका पूर्वी प्रान्त पञ्जावमा पछिल्लो समयमा यसको प्रकोप बढेकोे छ । पञ्जावमा मात्र हिजो ४ जनाको डेगीकाका कारण मृत्यु भएको बताइएको छ । त्यसैगरी सिन्ध प्रान्तमा अर्का एकजनाको पनि मृत्यु भएको छ । पञ्जाव प्रान्तमा मात्र २४ घन्टायता दुई सयभन्दा बढी व्यक्तिमा डेँगुको सङ्क्रमण भएको पाइएको छ । सिन्धमा पनि यसको प्रकोप बढेको पाइएको छ । करिब तीन महिना यतादेखि बढेको यो सङ्क्रमणबाट यस वर्षमात्र सिन्ध प्रान्तमा १६ हजार जनाभन्दा बढी सङ्क्रमित भएका छन् । साथै सिन्ध प्रान्तमा पनि यो सङ्क्रमणबाट १९ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भएका पाइएको छ । अहिले पनि प्रकोप नघटेको स्वास्थ्य विभागले जानकारी दिएको छ ।

Leave a Comment