पाल्पाबाट मनकामना दर्शनका लागि आउँदै गरेको बस दुर्घटना, ५ जनाको मृत्यु

मुख्य खबर NFM संवाददाता आइतवार कार्तिक १३, २०७९

नवलपुरको बुलिङटारमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनमा २५ जना घाइते भएका छन् । पाल्पाबाट गोरखाको मनकामना दर्शन गर्न जाँदै गरेका दर्शालु बोकेको बस दुर्घटना भएको हो ।

पाल्पाबाट गोरखाको मनकामनाका लागि छुटेको ना ६ ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटारमा दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहान ४ बजे भएको दुर्घटनाका घाइतेहरूलाई उद्धार गरि चितवन ल्याइदै गरेको प्रहरीले जानकारी दिएको छ । नवलपरासीका प्रहरी प्रवक्ता डिएसपी सन्तोष पाठकले नेपाल एफएमलाई बताए अनुसार दुर्घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Leave a Comment