कालीकोटमा बम विस्फोट हुँदा २ बालकको मृत्यु, ३ जना घाइते

मुख्य खबर शनिबार कार्तिक १२, २०७९

कालिकोट । कालीकोटमा विस्फोटक वस्तु पड्किँदा दुई जना बालिकाको मृत्यु भएको छ । तीन जना बालबालिका घाइते भएका छन् ।

कालीकोटको तिलागुफा नगरपालिका–१० रानाबाडामा विस्फोट वस्तु पड्किँदा चार वर्षका दुई बालिका झरना थापा र सरस्वती रानाको मृत्यु गभएको हो । यस्तै, तीन वर्षीया दर्शना राना, सात वर्षीय कमल थापा र पाँच वर्षीया मुस्कान थापा घाइते हुनुभएको छ ।

उनीहरु घर नजिकैको कोदोबारीमा खेलिरहेको अवस्थामा विस्फोटक वस्तु पड्किएको प्रहरी नायब उपरीक्षक डीएसपी जयश्वर रिमालले बताउनुभयो । घाइते बालबालिकाहरुलाई उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले नेपाल एफएम नेटवर्कलाई बताउनुभयो ।

Leave a Comment