निराज महर्जनको ह्याट्रिकमा चिबहाल ४-० ले विजयी

Breaking आइतवार अशोज ३०, २०७९

सी डिभिजन क्वालिफायरको समूह चरणको खेल अन्तर्गत आइतबार बिहान भएको खेलमा चिबहाल युथ क्लबले शान्त नेपाल समाजलाइ ४-० ले हराएको छ । चिबहाललाइ ४-० को जित दिलाउन कप्तान निराज महर्जनले ह्याट्रिक गरे भने अनिश खड्काले खेलको अन्तिम मिनेटमा १ गोल गरे । यो जितसँगै चिबहाल युथ क्लब अर्को चरण प्रवेश गरेको छ । कप्तान निराज महर्जनको उत्कृष्ट प्रदर्शनका साथसाथै टिमको राम्रो प्रदर्शनले चिबहाललाइ जित हात पार्न सहज भयो ।

चिबहाल युथ क्लब र बनेपा बोइज क्लबको समान अंक भएतापनि चिबहाल युथ क्लब गोल डिफ्रेन्सका आधारमा अर्को चरण प्रवेश गरेको हो ।

Leave a Comment