चिबहाल युथ क्लब र बनेपा बोइज क्लब बीच बराबरी

Breaking शुक्रबार अशोज २८, २०७९

सी डिभिजन क्वालिफायरको समूह चरणको खेल अन्तर्गत शुक्रबार बिहान भएको खेलमा चिबहाल युथ क्लब र बनेपा बोइज क्लब बीच बराबरीमा सकिएको छ । बनेपा बोइजले पहिलो हाफमा अग्रता लिए पनि दोस्रो हाफमा चिबहाल युथ क्लबका नीराज महर्जनले आकर्षक फ्री-किक गोल गरेर खेल बराबरीमा ल्याए थिए ।

बराबरीसँगै २ खेलमा ४ अंक जोडेको बनेपा बोइज शीर्ष स्थानमा रहेको छ । तीन क्लब रहेको समुहमा चिबहाल युथ क्लबले १ खेलमा १ अंक जोडेर दोस्रो स्थानमा छ । त्यस्तै १ खेल खेल्दै अंक बिहिन रहेको शानता नेपाल समाज अन्तिममा रहेको छ । समूहको अन्तिम खेल आइतबार चिबहाल र शान्ता नेपाल समाज बीच हुनेछ । अन्तिम खेलनै समूहको निर्णायक खेल हुनेछ ।

Leave a Comment