उम्मेदवारविरुद्ध परेका उजुरीमाथी छानविन सुरु

Breaking मङ्लबार अशोज २५, २०७९

निर्वाचन आयोगले उम्मेदवारविरुद्ध परेका उजुरी विरुद्ध छानविन थालेको छ । हिजो बिहान १० बजेदेखि ३ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा परेका उजुरीबिरुद्ध आज साझ सम्म जाँचबुझ गर्ने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । आयोगले उजुरी परेका उम्मेदवारलाई जवाफ दिन भनेको छ ।
देशैभरिका उम्मेदवार माथी परेको उजुरीका बारेमा आज दिउँसो २ बजे भित्र जवाफ दिन सबन्धित उम्मेदवारलाई सुचना टाँस गरी सबन्धित निर्वाचन कार्यालयले जानकारी गराएको छ । आयोगले उम्मेदवारीहरूमाथि परेको उजुरी पुष्टि हुने प्रमाण भेटिए उनीहरूको उम्मेदवारी स्वतः रद्ध हुने पनि बताएको छ ।

Leave a Comment