सेनालाई खटाइने, शसस्त्र र जनपद पठाइने !

मुख्य खबर NFM संवाददाता बिहिबार अशोज २०, २०७९

काठमाडौं । आउने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सबै सुरक्षा तैनाथ गरिन भएको छ । महत्वपूर्ण संरचना, कारागार र विमानस्थल सुरक्षामा नेपाली सेनालाई खटाएर त्यहाँ खटिएको प्रहरी र शसस्त्रलाई चुनावमा पठाइने भएको छ । कारागारमा अहिले रहेका सशस्त्र प्रहरीलाई चाहिँ निर्वाचन सुरक्षामा खटाइने मन्त्रिपरिषद्ले पारित गरेको ‘एकीकृत सुरक्षा रणनीति’मा उल्लेख छ ।

यसपालिबाट कैदीबन्दीले पनि मतदान गर्न पाउने व्यवस्था गरिएकाले कारागारमा निर्वाचन गराउनका लागि नेपाल प्रहरी र म्यादी प्रहरी खटिनेछन् । कूटनीतिक नियोगमा सुरक्षार्थ परिचालित सशस्त्र प्रहरीका टोली चाहिँ यथावत रहनेछन् । धार्मिकस्थल तथा आयोजनास्थलका सुरक्षा वेशमा न्यूनतम संख्यामा मात्रै सशस्त्र प्रहरी खटाइने भनिएको छ ।

सुरक्षा योजना अनुसार सात वटै प्रदेश र उपत्यकामा दुईवटा प्रदेश रिजर्भ टोली राखिनेछ । सिनियर प्रहरी अधिकृतको कमाण्डमा १५ जना प्रहरी र दुई सय जना म्यादी प्रहरी रहने गरी अतिरिक्त टोली तयारी अवस्थामा राख्ने सुरक्षा योजनामा भनिएको छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालमा पनि चारवटा केन्द्रीय रिजर्भ टोली पनि राख्ने भनिएको छ । ७७ वटै जिल्लामा दुईवटा रिजर्भ टोली सिनियर तथा जुनियर प्रहरी अधिकृतको कमाण्डमा खटिने गरी तैनाथ हुने पनि उल्लेख छ ।

 

Leave a Comment