समाजवादी अछामका जिल्ला अध्यक्ष भट्टराईसहितका नेता-कार्यकर्ता एमालेमा फर्किए

मुख्य खबर NFM संवाददाता सोमवार अशोज १०, २०७९

काठमाडौ । नेकपा एकीकृत समाजवादीका अछामका जिल्ला अध्यक्ष हिरण्डप्रसाद भट्टराई सहितका नेता कार्यकर्ताहरु नेकपा (एमाले) फर्किएका छन् । सोमबार पार्टी कार्यालय च्यासलमा आयोजत कायक्रममा उनी एमालेमा फर्किएका हुन । भट्टराइलाई एमाले महासचिव शंकर पोखरेल, सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्णवहादुर थापालगायतले स्वागत गरेका थिए ।

पार्टी विभाजन भएपछि भट्टराई समाजवादीतर्फ लागेका थिए । उनी नेकपा समाजवादीबाट प्रदेश निर्वाचनका लागि सर्वसम्मत सिफारिस समेत भएका थिए । कार्यक्रममा एकीकृत समाजवादी अछामका अध्यक्ष भट्टराईले आफु आजैदेखि एमालेमा फर्किएको र पहिलेकै घरलाई बलियो बनाएर बढ्ने बताएका छन् ।

उनले नेकपा समाजवादीसँग कुनै कुनै राजनीतिक एजेण्डा नभएको र एजेण्डा विहीन पार्टीमा बस्न उचित नदखिएकाले एमालेमा फर्किएको बताए । भट्टराईसँगै समाजवादी प्रदेश र जिल्लातहका २४ जना नेता कायकर्तापनि माले नै फर्किका छन् ।

आगामी चुनाव दूरगामी राजनीतिक परिघटना रहेको र चुनावी गठजोड व्यक्तिगत स्वार्थका लागि हुन गइरहेको थाहा पाएपछि आफु निसर्त एमालेमा फर्किएको बताए । हिजो पार्टी जुन कारणले विभाजन भयो अहिले समावादीसँग त्यो एजेण्डा नरहेको र परिस्थिति पनि त्यो नभएकाले एमालेमा फर्किन समाजवादीका सबै नेता कार्यकर्तालाइ भट्टराईले आह्वान गरे ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नागरिकका एजेण्डा बोक्ने वास्तविक पार्टी एमाले मात्रै भएकाले सबै वामपन्थीहरुलाई एमालेमा समाहित हुन आह्वान गरे । उनले नेकपा माओवादी प्रचण्डको स्वार्थको वरीपरीमात्रै घुमिरहेको र नेकपा समाजवादी माधव नेपालको कुण्ठासँग केन्द्रित रहेकाले उनीहरुका पनि नलाग्न आग्रह गरे । पोखरेलले समाजवादीका अछाम जिल्ला अध्यक्ष भट्टराई एमालेमा फर्किएर ठूलो सन्देश दिएको बताए ।

नेकपा समाजवादीले दिनभरी नै भट्टराईलाई रोक्ने प्रयास गरेपनि सफल नभए पनि साँझ पार्टीबाट निस्कासन गरेको विज्ञप्ती निकालेको थियो ।

Leave a Comment