कांग्रेसमा उम्मेदवार छनौटका विषयमा विवाद चर्किदै

मुख्य खबर NFM संवाददाता आइतवार अशोज ९, २०७९

काठमाडौ । नेपाली कांग्रेसमा पार्टीको उम्मेदवार छनौटका विषयमा विवाद चर्किदै गएको छ । शेखर कोइराला समूहलाई वेवास्थागर्दै समानुपातिको सूची पठाएपछि झन विवाद बढेको छ । कोइराला समुहले आगामी चुनावमा कांग्रेसभित्र ४० प्रतिशत सिट नपाए विद्रोह गर्ने चेतावनी दिएको छ ।

सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवानिकट नेताहरूलाई समानुपातिकको बन्दसूचीमा राखेको पाइएको छ । निर्वाचन आयोगमा बुझाइएको प्रतिनिधिसभा समानुपातिकतर्फको बन्दसूचीमा देउवापत्नी आरजु राणा देउवादेखि गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणसम्मलाई राखिएको छ ।

बन्दसूचीमा सभापति देउवानिकट व्यापारीलाई पनि राखिएको छ । ठगी मुद्दामा मुछिएका अर्का मेडिकल कलेज सञ्चालक खुमाप्रसाद अर्याललाई पनि कांग्रेसले समानुपातिकको बन्दसूचीमा राखेको छ ।

अर्याल गण्डकी मेडिकल कलेजका सञ्चालक हुन् । उनीविरुद्ध ३ वर्षअघि ठगी मुद्दामा अदालतले पक्राउ पुर्जीसमेत जारी गरेको थियो । यो सूची बाहिर आएपछि कांग्रेसमा थप विवाद सुरु भएको छ।

Leave a Comment