काठमाडौं । नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गर्नु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक समारोहबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले उहाँलाई एमालेमा प्रवेश गराउनु भएको हो । उहाँले आफू एमालेमा प्रवेश गर्न पाउँदा हर्षविभोर भएको बताउनुभयो ।
नेकपा एमालेको जस्तो गरिमामय पार्टीको सदस्यता लिन पाउँदा खुसीले हर्षविभोर भएको खनालले पार्टी प्रवेशपछि बताउनुभयो । उहाँले आफ्नो प्रहरी सेवाकालमा ओलीजत्तिको अर्को कुनै राजनेता नभेटेको भन्दै भाषणको लामो समय ओलीकै गुणगानमा खर्चगर्नुभयो ।
‘मैले करिब ७ वटा प्रधानमन्त्री फेरेँ ‘उहाँले भन्नुभयो ,‘मेरो जागिरको दौरानमा अध्यक्ष कमरेड जत्तिको राजनेता अर्को कोही भेट्टाइनँ । म उहाँका कुराबाट लालायित हुन्थेँ ।’