नागरिकता विधेयक रोक्न माग गर्दै सर्वोच्चमा रिट

मुख्य खबर NFM संवाददाता मङ्लबार अशोज ४, २०७९

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण गर्नबाट रोक्न आदेश जारी हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई विधेयक प्रमाणीकरण गर्नबाट रोक्न आदेश जारी गर्न माग गर्दै रिट दर्ता गर्नु भएको हो । गत बिहीबार दर्ता गरेको निवेदन मंगलबार एकल इजलासमा पेशीमा चढेर स्थगित भएको छ ।

वरिष्ठ अधिवक्ता भण्डारीले नागरिकता विधेयकले मुलुकको हित नगर्ने भएकाले त्यो विधेयक प्रमाणीकरण नगर्न आदेशको माग राखी निवेदन पेश गरेको जानकारी दिनुभयो । निवेदनमा राष्ट्रपति कार्यालय, शितल निवास लगायतलाई विपक्षी बनाइएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्माको इजलासमा पेशी चढेको थियो । तर, ‘हेर्न नमिल्ने कारण देखाउँदै सुनुवाइ हुन सकेन । मंगलबाट स्थगित भएको निवेदन फेरि बुधबारका लागि पेशी तोकिएको छ ।

संवैधानिक समयसीमाभित्र नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्ने तत्परता नदेखाएपछि राष्ट्रपतिसँग सरकार सशंकित बनेको छ ।

मंगलबारको संवैधानिक समयसीमा सकिन एक दिन मात्र बाँकी रहँदा अदालतमा रिट परेपछि राष्ट्रपतिलाई केही राहात भएको छ । राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण नभए के गर्ने भन्नेबारेमा प्रधानमन्त्रीले सत्ता गठबन्धनका दलसँग छलफलसमेत थालेका छन् ।

Leave a Comment