काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको चुनावमा गठबन्धन भर्सेस एमाले हुने भएकाले आक्रमक चुनावी रणनीतिमा लाग्न सांसदहरु निर्देशन दिनुभएको छ । भोलि १ असोजको मध्य रातदेखि संसदको कार्याकाल सकिने भन्दै गाउँ जान पार्टीका सांसदहरुलाई अध्यक्ष ओलीले निर्देशन दिनुभयो ।
एमालेको अन्तिम संसदीय दल बैठकमा सम्वोधन गर्दै अध्क्ष ओलीले प्रतिनिधिसभामा एमाले सांसदहरूले निभाएको भूमिको प्रशंसा गर्नुभयो । एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार ओलीले अब चुनावमा खटिन समेत निर्देशन दिनुभएको छ ।
ओलीले प्रतिनिधि सभाको यो कार्यकाल सन्तोषजनक रहेको समीक्षा गर्नुभएको छ । आफ्नो समीक्षा सुनाउँदै सांसदहरूलाई गाउँ–गाउँ जान पनि निर्देशन दिनुभएको छ । प्रतिनिधि सभाको सुरुवाती कालमा आफू नेतृत्वको सरकारले राम्रो साथ पाएको समीक्षा ओलीले गर्नुभएको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरिएको नक्सा सर्वसम्मत पारित गर्नु ऐतिहासिक काम भएको उहाँले बताउनुभयो ।
मङ्सिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव तोकिएको छ ।