अखिल नेपाल फुटबल संघ (एन्फा) ले फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) आयोजना गर्न एनएसएलका आयोजकसँग २ करोड मागेको खुलासा भएको छ ।
असोज २३ बाट हुन लागेको एनएसएलका लागि एन्फाले २ करोड मागेको खुल्न आएको स्रोतले जनाएको छ । सोहि कारणलेनै एनएसएल हाल सम्म सुरु हुन नसकेको बताइएको छ ।
पछिल्लो समय ए डिभिजन क्लबहरुले असन्तुष्टि जनाएपछि एनएसएलको आयोजना विवादमा परेको थियो । एनएसएलमा यो पटक १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
यस वर्ष तीन टोलीलाई थप गर्दै एनएसएलले प्रतियोगिता खेल्ने टोलीको संख्या १० पु¥याइएको हो ।
एनएसएल नहुदा खेलाडीहरु मर्कामा परेका छन् । नियमित लिगहरु नहुनु र क्लबहरुले नियमित तलब नदिएका कारण खेलाडीहरुलाइ विदेशीन बाध्य भएका छन् ।