पाँच दलीय कार्यदलमा सिट बाँडफाटको मापदण्ड नै बन्न सकेन

मुख्य खबर NFM संवाददाता बुधबार भदौ १, २०७९

काठमाडौं । संघीय संसद र प्रदेश संसदको निर्वाचनको सिट बाँडफाँटका लागि गठन भएको पाँच दलीय गठबन्धनको कार्यदलले सहमति खोज्ने सम्भावना कमजोर बनेको छ । साझा प्रस्ताव समेत अहिलेसम्म् बैठकमा पेश भएको छैन । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बााडफाँटकालागि गठित पाँचदलिय गठबन्धनको कार्यदल बैठक बसिरहेको छ ।

बुधवा पनि अप्रान्ह ४ बजेबालागि बैठक बोलाइएको छ । बालुवाटारमा स्थित प्रधानमन्त्री निवासमा बस्ने बैठकले संघीय संसदका १ तथा ६५ तथा प्रदेश संसदका ३ सय ३० सिटका सिट बाँडफाँटको प्रारम्भिक खाकामा छलफल गर्नेछ । तर, सिट बाँडफाँडको आधार के भन्नेमा अझै तीनदल सहमतिमा पुगिसकेका छैन ।

तीन दलका शीर्ष नेता नै त्यसमा सहमति भएपछि मात्रै कार्यदलले छलफल गरेर प्रस्ताव तयार गर्नेछ । कांग्रेसले ०७९ को स्थानीय तह निर्वाचनको परिणामलाई मुख्य आधार बनाएर बाँडफाँड गर्नुपर्नेमा जोड दिएको छ ।

तर, माओवादीसहित गठबन्धनका अन्य चार दलले ०७४ को संघ र प्रदेशको निर्वाचन परिणामलाई मुख्य आधार बनाएर जानुपर्ने मत राखेका छन् ।

तालमेलमा सिट बाँडफाँडका आधारलाई लिएर कांग्रेस र अन्य चार दलबीच मतभेद देखिएको एक सदस्यले बताए । बाँडफाँडको मुख्य आधार तय हुन नसक्दा दलहरूले सिटमाथि औपचारिक दाबी पनि पेस गरेका छैनन् ।

०७४ को निर्वाचनमा प्रत्यक्षतर्फ २३ सिट जितेको कांग्रेस गठबन्धनमा रहेका दलहरूले जितेका सबै सिट छाड्न तयार छैन । तर, माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चा ०७४ मा प्रत्यक्षतर्फका जितेका सिट उही पार्टीले पाउनुपर्ने अडानमा छन् ।

सकेसम्म आजनै मापदण्ड बनाएर अगाडी बढ्ने गठबन्धनको तयारी छ । सहमति जुटाउन कार्यदलका नेताहरुले सोही अनुसार छलफल गरिरेका छन् ।

कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रमेश हमाल छन् । त्यस्तै, जसपाबाट रामसहायप्रसाद यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य हुनुहुन्छ ।

Leave a Comment