काठमाडौं । यू १७ राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षणका लागि ४५ खेलाडी छनोट भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले यू १७ को बन्द प्रशिक्षणमा ४५ खेलाडीलाई छनौट गरिएको जानकारी दिएको छ ।
यस अघि पहिलो चरणमा ६० खेलाडी छनोट गरेको थियो । ६० खेलाडीबाट बन्द प्रशिक्षणमा ४५ खेलाडी छनोट गरिएको हो ।
एन्फाले साफ यू-१७ च्याम्पियनसिप र एएफसी यू-१७ एसियन कप छनोटका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न लागेको हो ।
श्रीलंकामा आयोजना हुने साफ यू-१७ च्याम्पियनसिपमा नेपाल समूह बी मा परेको छ ।