काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर उठ्न अझै समस्या थपिने भएको छ । बर्षौदेखि समस्याका रुपमा रहेको फोहोर व्यवस्थापनमा झन समस्या थपिएको छ । फोहोर डम्पिङ गर्ने सिसडोल–बञ्चरेडाँडा ल्यान्डफिल साइटमा सधैंका लागि फोहोर फाल्न नदिने स्थानीयवासीले घोषणा गरेपछि फोहोर ब्यवस्थापन थप चुनौती बनेको छ ।
काठमाडौं महामनगरपालिकाका मेयर बालेन शाहले नेतृत्व सम्हालेदेखि नै पहल गरेपनि समस्या थप जटिल बनेको छ । बिहीबार पत्रकार सम्मलेन गर्दै बञ्चरेडाँडा ल्यान्डफिल साइट सरोकार समितिले १ भदौदेखि सधैंका लागि उपत्यकाको फोहोर फाल्ने नदिने घोषणा गरेको हो ।
महानगरले सम्झौताअनुुसार काम नगरेको, उपत्यकाको अन्य स्थानमा ल्यान्डफिल साइट खोजेर बञ्चरेडाँडावासीलाई बेवास्ता गर्न खोजेको भन्दै समितिले फोहोर फाल्न नदिने घोषणा गरेको सरोकार समितिका संयोजक श्रीराम ढुंगानाले जानकारी जानकारी दिनुभयो ।
समितिले फोहोर हाल्न नदिने विषय प्रधानमन्त्री कार्यालय, सहरी विकास मन्त्रालयमा समेत जानकारी गराइसकेको सकेको छ । बस्ति अन्यत्रै स्थानान्त्रण गरेमात्रै फोहोर हाल्न दिने समितिको निस्कर्ष छ ।