‘बजेट निर्माणका क्रममा बाहिरका मान्छे प्रवेश नगरेको दावी’

मुख्य खबर NFM संवाददाता बिहिबार साउन ५, २०७९

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा बाहिरका मान्छे प्रवेश नगरेको दावी गर्नु भएको छ । बिहीबार संसदीय विशेष छानबिन समितिलाई दिएको बयानमा शर्माले अर्थ मन्त्रालयमा बजेट निर्माणका क्रममा बाहिरको मान्छे नपसेको दावी गर्नुभयो । उहाँले बाहिरका मान्छे पस्ने कुनै सम्भावना नै नभएको पनि बताउनुभयो ।

बयानमा अर्थ मन्त्रालयको सीसीटीभी फुटेज कहिलेसम्म रहन्छ भन्ने जानकारी पनि आफूलाई नहुने बताउनुभयो । सीसीटीभी फुटेज किन हरायो त ? भन्ने प्रश्नमा शर्माले त्यो विषय आफुलाई जानकारी नभएको बताउनुभयो ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको भन्ने विषयमा संसदीय विशेष छानबिन समितिले बिहीबार पूर्वअर्थमन्त्री शर्मासँग बयान लिएको हो ।

दिउँसो १ बजे प्रतिनिधिसभा बैठक भएको र समितिको समयावधि थप गर्नेबारे पनि छलफल गर्नुपर्ने भएकाले शर्मासँग मात्रै छलफल गर्नका लागि समय निर्धारण गरिएको समिति सचिवालयले जनाएको छ । समितिको १० दिनको समयसीमा बिहीबार सकिँदैछ ।

Leave a Comment