नामिबियासँग नेपालको लज्जास्पद हार

खेलकूद NFM संवाददाता आइतवार साउन १, २०७९

काठमाडौं । नेपालले विश्वकप क्रिकेट लिग २ मा नामिबियासँग लज्जास्पद हार बेहोरेको छ । निकै फितलो ब्याटिङपछि नामिबियाले शनिबार राती नेपाललाई ६३ रनले पराजित गर्‍यो । स्कटल्याण्डको एयरमा शनिबार राति नेपाल नामिबियासँग ६३ रनले पराजित भएको हो ।

नामिबियाले दिएको २०० रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको नेपाल ३७ ओभर ५ बलमा १ सय ३६ रन जोड्दा अलआउट भयो ।ब्याटिङमा फेरि पनि निकै कमजोर प्रदर्शन गरेपछि नेपालले एक अर्को हार बेहोर्नु परेको हो ।

२ सय रनको मध्यम लक्ष्य लिएर आएको नेपाल ३७।५ ओभरमा १ सय ३६ रनमा अलआउट भयो । स्कटल्यान्डको एयरमा दीपेन्द्रले आदिल अलामसँग छैटौं विकेटमा ३६ रनको साझेदारी गरेका थिए, जुन नेपाली इनिङ्सको सबैभन्दा ठूलो साझेदारी थियो ।

यस विजयपछि नामिबियाले नेपाललाई उछिन्दै लिग २ को अंक तालिकामा पाँचौं स्थानमा उक्लेको छ । नामिबियाको १८ खेलमा १८ र नेपालको १९ खेलमा १७ अंक छ । लिग २ मा पाँचौं शृंखला खेलिरहेको नेपाल सोमबार पहिलो खेलमा नामियिबासँग ४० रनले पराजित भएको थियो । त्यसपछिको अर्को खेलमा नेपालले स्कटल्यान्डमाथी ५ विकेटको सानदार विजय हात पारी उत्कृष्ट पुनरागमन गरेको थियो ।

आज अन्तिम खेल खेल्दै
आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले आज आइतबार अन्तिम खेल खेल्दैछ ।

सिरिजको अन्तिम खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डको सामना गर्नेछ । स्कटल्याण्ड र नेपालबीचको खेल दिउँसो ३स्४५ बजे सुरु हुनेछ ।

घरेलु टोलीविरुद्ध नेपाल जित निकाल्दै सिरिजको सुखद अन्त्य गर्न चाहन्छ । यस्तै नेपाल स्कटल्याण्डविरुद्ध लगातार दोस्रो भेटमा जित निकाल्न चाहन्छ ।

यस अघिको भेटमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो ।

यता, स्कटल्याण्ड भने नेपालविरुद्ध पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । स्कटल्याण्ड नेपाललाई हराएर सिरिजको सुखद अन्त्य समेत गर्न चाहन्छ ।

Leave a Comment