देउवाविरुद्ध गर्जिए गगन, विश्वप्रकाशको साथ

मुख्य खबर NFM संवाददाता आइतवार साउन १, २०७९

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापतिले नेतृत्व विरुद्ध सस्थागत रुपमा नै आवाज उठाउनु भएको छ । पार्टी कार्यालयमा जारी केन्द्रीय समितिको बैठकमा थापाले अर्का महामन्त्री विश्वप्रकाश शर्माको साहारा लिदै पार्टी नेतृत्व र सरकारमाथि गम्भीर प्रश्न उठाउनु भएको छ ।

केन्द्रीय समितिको जारी बैठकमा गगनले मन्त्री हटाउनेदेखि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको निर्णय फिर्तासम्मको माग गर्नु भएको हो । सरकारका कामकारवाहीमाथि टिप्पणी गर्ने क्रममा महामन्त्री थापाले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई सातवटा निर्णय गर्न माग गर्नु भएको छ । उहाँले सरकारका सहि कामको प्रशंसा गर्ने र गलत काममा प्रश्न तथा विरोध गर्ने स्पष्ट पार्नुभयो । थापाले संवैधानिक परिषद् विधेयक फिर्ता लिन बैठकमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भयो ।

त्यसैगरी केपी ओली सरकारले सम्पत्ति शुद्धिकरण, राष्ट्रिय अनुसन्धानलगायत विभिन्न विभागलाई प्रधानमन्त्री मातहत ल्याउनेगरी गरेको निर्णय फिर्ता लिन माग गरेका गर्दै ओली सरकारले यो गर्दा कांग्रेसले प्रश्न उठाएको स्मरण गराउँदै अहिले कांग्रेस नेतृत्वको सरकारले निर्णय फिर्ता लिनुपर्ने थापाले माग गर्नुभयो ।

त्यस्तै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथिको महाअभियोग प्रस्ताव अगाडि बढाउन महामन्त्री थापाले माग गर्नुभयो । जनजीविका सवालमा सम्बोधन गर्न, अर्थतन्त्रको विषयमा गम्भीर बन्न पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउनुभयो ।

महामन्त्री थापाले सुशासन कायम गर्न गलत गर्ने मन्त्री हटाएर ढण्डहिनता सहन्न भन्ने सन्देश दिन पनि सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई सुझाव दिनुभयमो ।

Leave a Comment