को बन्ला उपसभामुख, एमालेले उम्मेदवारी दिने कि नदिने ?

मुख्य खबर NFM संवाददाता बिहिबार असार ३०, २०७९

काठमाडौं । प्रतिनिधिसभाको कार्यकाल सकिनै लाग्दा उपसभामुखको निर्वाचन हुने भएको छ । शुक्रबार उपसभामुखको चुनाव तय गरिएको छ । बिहीबार ११ बजेबाट मनोयनको कार्यतालिका रहेको छ। उपसभामुख चयनका लागि संघीय संसद् सचिवालयले निर्वाचन तालिका पनि सार्वजनिक गरिसकेको छ। जसअन्तर्गत असार ३० गते मनोनयन दर्ता र ३१ गते मतदान हुने तय गरिएको छ।

पाँच दलीय सत्ता गठबन्धनमा उपसभामुख कांग्रेसलाई दिने सहमति भएको छ। अहिले सभामुख माओवादी केन्द्रबाट अग्निप्रसाद सापकोटा हुनुहुन्छ । उपसभामुख फरक दल र फरक लिङ्गको हुने व्यवस्था छ। उपसभामुख डा शिवमाया तुम्बाहाङफेले २०७६ माघ ६ गते पदबाट राजीनामा दिएपछि उपसभामुख पद लाखी छ छ । त्यसपछि रिक्त भएको उपसभामुख चयन हुन सकेको छैन।

कांग्रेस नेताहरुका अनुसार पार्टीबाट प्रमुख सचेतक पुष्पा भुसाल, पूर्वउपसभामुख चित्रलेखा यादव, केन्द्रीय सदस्य एवं सांसद डिला संग्रौलाको नाम उपसभामुखका लागि चर्चामा छ।

कांग्रेसले बिहीबार केन्द्रीय समिति बैठक सकिएपछि पदाधिकारी बैठक बसेर उम्मेदवारको टुंगो लगाउने तयारी गरेको छ। नेताहरुकाअनुसार प्रमुख सचेतक भुसालको बलियो दाबेदारी रहेको बताइन्छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेले उम्मेदवारी दिने कि नदिने, कसलाई उम्मेदवार बनाउने भन्ने तय गरिसकेको छैन।

Leave a Comment