एमाले अध्यक्ष ओली र चिनियाँ नेता लिउबीच भेटवार्ता

मुख्य खबर मङ्लबार असार २८, २०७९

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीका विदेश विभाग प्रमुख लिउ जियान्चाओले राजनीतिक भेटघाट तिब्र बनाउनु भएको छ । मंगलबार उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नु भएको छ । लिउ मंगलबार भक्तपुरस्थित बालकोट पगी अध्यक्ष ओलीसँग भेटवार्ता गर्नु भएको हो ।

भेटवार्तामा नेपाल चीन सम्बन्ध, नेपालमा कम्युनिष्ट पार्टीहरुको पुर्नमिलन लगायतका विषयमा छलफल भएको छ । लिउले नेपालसँग चीनको सहकार्य असल छिमेकीको भएकाले त्यसै अनुसार काम गरिरहेका बताउनु भएको छ । लिउले मंगलबार नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम छ । उहाँ बुधबार बेइजिङ फर्कने कार्यक्रम रहेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख जियान्चाओले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा‚ परराष्ट्रमन्त्री नारायण खड्का‚ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरिसक्नु भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका भ्रमणमा जाने तयारी भइरहेका बेला चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख जियान्चाओको नेपाल भ्रमणलाई चासोका साथ हेरिएको छ ।

Leave a Comment