प्रधानमन्त्री देउवा दवावमा, आक्रमक बन्दै कोइराला समुह

मुख्य खबर NFM संवाददाता मङ्लबार असार २८, २०७९

काठमाडौं । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको आलोचना भएको छ । सोमबारदेखि सुरू भएको केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरूले सभापति देउवालाई सरकार र पार्टी दुइटै चलाउन असफल भएको आरोप लगाएका छन् । आजको बैठक पनि नेताहरुले बुदागत रुपमा आलोचना गर्ने सूची नै बनाएका छन् । बैठक मंगलबार दिउँसो १ बजे पुनः बस्नेछ ।

सत्ता प्राप्तिबाहेक गठबन्धन गर्नुको औचित्य र भविष्य के हो भनेर प्रश्न गरेका छन् । स्थानीय तहमा तालमेल गरेका सत्तारुढ पाँच दलका बीचमा सभापति देउवाले आसन्न निर्वाचनमा पनि गठबन्धन गर्ने प्रतिबद्धता जनाइसकेका छन् भने अहिले सिट बाँडफाँडको विषय चर्चामा छ ।गठबन्धनमा त्यसबारे छलफल हुनुअघि पार्टीभित्र सुझाव लिन चाहेका देउवाले केन्द्रीय समिति बैठकमा स्थानीय तह निर्वाचनको परिणाम र चुनावी गठबन्धनको समीक्षा गर्ने एजेन्डा अघि सारेका छन् ।

बैठकमा केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक एवम् उपसभापति पूर्णबहादुर खड्काले गठबन्धनका कारण नेपाली कांग्रेस पहिलो पार्टी बनेको निष्कर्षसहितको प्रतिवेदन पेस गरेपछि बोल्ने क्रममा नेताहरूले गठबन्धनको औचित्यबारे प्रश्न उठाएका छन् । बैठकमा नेता शेखर कोइराला समूहका नेताहरूले भने गठबन्धन गरे पनि पार्टीले उल्लेख्य जित हासिल गर्न नसकेको बताएका छन् । नेता कोइरालाले गठबन्धनकै कारण मात्रै पार्टी स्थानीय चुनावमा पहिलो दल बन्यो भन्न नमिल्ने बताए । बरू चुनावी तालमेलका कारण गठबन्धनका अन्य दललाई भने धेरै फाइदा पुगेको बताउनुभयो ।

विधेयक फिर्ता दवाव
नेपाली कांग्रेसका नेता कोइरालाले सरकारले संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने बताउनुभएको छ । पार्टीको केन्द्रीय समितिको बैठकका सानेपा पुग्नुभएका नेता कोइरालाले सरकारले राष्ट्रिय सभामा दर्ता गराएको संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने बताउनुभएको हो । उहाँले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याउँदा पनि गलत प्रक्रिया भयो भनेर विरोध गरेको भन्दै त्यो विधेयक लैजानु नहुने बताउनुभयो ।

नेता कोइरालाले नागरिकतासम्बन्धी विधेयकमा राजनीति गर्न नहुने पनि बताउनुभयो । सबै राजनीतिक दलहरू एकै ठाउँमा उभिएर जन्मसिद्धका सन्तानलाई नागरिकता दिनुपर्ने उहाँको भनाइ छ । हिजो प्रधानमन्त्री शेरबहादुर देउवाले संवैधानिक परिषद (काम, कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक संसदमा दर्ता गर्नुभएको थियो ।

बोल्न पाँच मिनेट
बैठकमा प्रदेश सभापतिहरूले ७–७ मिनेट रिपोर्टिङ गरेपनि केन्द्रीय सदस्यहरूलाई ५–५ मिनेट बोल्ने पालो दिइएको थियो । तर, कोइरालाले भनेज्ञज्ञसदस्य प्रदीप पौडेलले पनि गठबन्धन नगरी सिट संख्या बढाउनेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । सुदूरपश्चिमका प्रदेश सभापति बीरबहादुर बलायरले गठबन्धन गर्दा दलको हैसियत हेरिनुपर्ने बताउनुभयो ।

केन्द्रीय सदस्य नैनसिंह महरले गठबन्धनका विषयमा नेतृत्वले गम्भीर भएर मात्रै निष्कर्षमा पुग्नुपर्ने बताउनुभयो । लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले भने चुनावी गठबन्धन औचित्यहीन रहेको बबताउनुभयो । बैठकमा केन्द्रीय सदस्यहरू देवेन्द्रराज कँडेल, नारायणबहादुर कार्की, तारामान कार्की, दिनेशकुमार यादव र दिनेश कोइरालाले धारणा राखे ।

उपसभामुख छिट्टै
नेपाली कांग्रेसले छिट्टै नै उपसभामुख चयन गर्ने बताएको छ ।नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठकका बीचमा पत्रकारसित कुरा गर्दै प्रवक्ता प्रकाशशरण महतले उपसभामुख नहुँदा संवैधानिक परिषद्को विषयमा प्राविधिक समस्या आएको बताए ।उनले त्यो समस्या समाधानका लागि पनि छिट्टै उपसभामुखको चुनाव गर्नु पर्ने बताउनुभयो ।

उहाँले उपसभामुख नभएको र संवैधानिक परिषद्को बैठक पनि बस्ने स्थिति नरहेकाले सरकारले संसदमा संवैधानिक परिषद् सम्बन्धी विधेयक दर्ता गरेको स्पष्ट पार्नुभयो ।

 

Leave a Comment