काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै, देउवामाथि दवाव बढाउँदै कोइराला समुह

राजनीति NFM संवाददाता सोमवार असार २७, २०७९

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठकमा स्थानीइ तह चुनावको समिक्षा, सरकार र पार्टीको कामकारवाही, आगामी चुनावको तयारीका विषयमा छलफल हुनेछ । भ्रातृ र शुभेच्छुक संस्थाको विधानको मस्यौदा आइतबार टुंगो लगाएको छ । त्यस विषयमा पनि छलफल हुनेछ ।

कांगेसको शेखर कोइराला पक्षले आजदेखि सुरु हुने पार्टी केन्द्रीय समिति बैठकमा सरकारको काम, कारबाहीबारे गम्भीर समीक्षा गर्ने एजेन्डा तय गरेको छ । काठमाण्डौको विशालनगरमा आइतबार बसेको नेता कोइराला पक्षको बैठकले भ्रष्टाचारको आरोप लागेको निष्कर्ष निकाल्दै पार्टी नेतृत्वको सरकारको काम, कारबाहीबारे केन्द्रीय समिति बैठकमा समीक्षा गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

पार्टी नेतृत्वको सरकारमाथि भ्रष्टाचारको आरोप लागेकाले सरकारको काम, कारबाहीबारे गम्भीर समीक्षा गर्ने विषयमा बैठकमा छलफल गरिएको नेता गुरु घिमिरेले नेपाल एफएम नेटवर्कलाई जानकारी दिनुभयो । बैठकमा कोइराला पक्षले पार्टीको भातृ संस्थाहरू सबैको पुनर्गठन गर्न र विभागहरूलाई समयमै पूर्णता दिन पनि पार्टी सभापति देउवालाई दबाब दिने निर्णय गरेको छ ।

बैठकमा पार्टीका उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, नेता रामशरण महतलगायतको सहभागिता रहेको थियो । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीलाई एकलौटी रूपमा अघि बढाएको नेता कोइराला पक्षको आरोप छ ।

Leave a Comment