हवाई भाडा बढ्यो, कहाँ जान कति लाग्छ ?

आर्थिक NFM संवाददाता बिहिबार असार २३, २०७९

आन्तरिक हवाई भाडा बढेको छ । यसअघि नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएअनुसार फ्युल सरचार्ज बढेको हो । निगमले सोमबार आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १८५ रुपैयाँबाट बढाएर १९० रुपैयाँ पुऱ्याएको थियो । यसले उडानकाे अधिकतम भाडा बढ्न गएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबारदेखि नै लागू हुनेगरी फ्यूल सरचार्ज अनुमोदन गरी पठाएको छ ।

Chaos at airport due to runway repair | Nepali Times
हवाई इन्धनको मूल्य घटबढ भएअनुसार अटाेमेटिक नयाँ फ्यूल सरचार्ज तय हुँदा हवाई भाडाको अधिकतम शुल्क पनि सामान्य घटबढ हुने गर्छ । नयाँ फयूल सरचार्जअनुसार काठमाडौं धनगढीको भाडादर सबैभन्दा धेरै २२० रुपैयाँ बढेको छ । काठमाडौं सिमरा उडानमा सबैभन्दा कम ४५ रुपैयाँ बढेको छ । अब काठमाडाैं धनगढीको अधिकतम हवाई भाडा १७ हजार २५ रुपैयाँसम्म पुगेको छ भने काठमाडाैं सिमराकाे हवाई भाडा सबैभन्दा कम अधिकतम ४ हजार २४० रुपैयाँसम्म पुगेको छ ।

हवाई भाडाको सूची यस्तो छ :

Leave a Comment